मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।

कम्पनीले कात्तिक २१ गतेदेखि मंसिर ५ गतेसम्म आवेदन दिन सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउनेछन् ।

प्रतिकित्ता ४०० रुपैयाँ अंकित मूल्य तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । इच्छुक खरिदकर्ताहरूले धनुषाको ढल्केबरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्ने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार