काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दैछ । नेपालमा बर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस बर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ । बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८०% सम्म छुट, देशभर नि:शुल्क डेलिभरी सुविधा, र ३ करोड रुपैयाँ सम्मका भौचरहरुका साथै अविश्वसनिय छुट लगायत सुविधाहरु समेत उपलब्ध हुनेछन् ।
”ग्राहकहरुको बर्ष भरीको प्रतिक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरुलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ , ”प्रबन्ध निर्देशक, दराज नेपाल, आँचल कुँवरले भने, ”यस सेलले ग्राहकहरुका लागि अप्रत्याशित छुटहरु उपलब्ध गराउनुका साथै हजारौं स्थानीय विक्रेताहरुलाई आफ्ना पृथक उत्पादनहरु प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ । साथै, हाम्रो बृहत्त सञ्जाल मार्फत देशभरका उपभोक्ताहरु माझ तिनका पृथक उत्पादनहरु उपलब्ध गराउन तथा उपभोक्ताहरुलाई स्थानीय ब्राण्डहरुको उत्कृष्ट सामानहरू खोज्न सघाउने हाम्रो विश्वास छ ।”
विविध सामग्रीहरुका विस्तृत श्रृंखला र ब्राण्डेड उत्पादनहरु मध्य विशाल छनौटको अवसरसँगै, दराज ११.११ किनमेलको लागि एक अतुलनिय गन्तव्य हो । यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्राण्ड पार्टनरहरु राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् । प्लेटिनम पार्टनरहरुमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन्। साथै, गोल्ड ब्राण्ड पार्टनरहरुमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन्।
यसैगरी, दराजले १० ओटा बैंक र २ ओटा वालेट पार्टनरहरुसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत रु. २५०० सम्मको छुटहरु प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डहरु मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरुले १५% छुट, अधिकतम रु. २००० सम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २०% छुट, अधिकतम रु २५०० सम्म प्राप्त गर्न सक्ने ब्यवस्था गरिएको छ ।
ग्राहकहरु नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंक मार्फत उपर्युल्लिखित छुट पाउन सक्नेछन् । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरुले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।
यी रोमाञ्चक अफरहरुका साथै, यस अभियान मार्फत दैनिक रुपमा रु. ११, रु. १११ र ११११ रुपैयाँका डिलहरु पनि सेलमा रहनेछन् । खरिदकर्ताहरुले रु. ६९९, रु. ९९९, रु. १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् । साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरुले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु पनि जित्न सक्नेछन् ।