CLI

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर तत्कालका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका गर्न पाउनेछन् ।

इच्छुक बिध्यमान संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिन भित्र आबेदन दिनु पर्नेछ । उक्त अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा निवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 

Leave Your Comment

Related News