काठमाडौं । सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत राम किशुन यादवले नगद क्यास ब्याक रु. (५,००,०००) पाँच लाख जितेका छन्न उनले हिरोको Splendor + df]8n, City Trade Concern , लहानबाट सवारी खरिद गरेका थिए ।
सीजीले दसैं तिहार लक्षित गरि ‘एक्कासी मालामालः ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर ल्याएको थियो । उक्त अफर अन्तर्गत हिरो ब्रान्डको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्म जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार जित्ने अबसर रहेको थियो ।
सिजी मोटर्सले हाल नेपालका ६० भन्दा बढी स्थानहरूमा हिरो शोरुम सञ्चालनमा रहेका छन् ।
कम्पनीले निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको जनाएको छ । बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको कम्पनीको दावी रहेको छ ।
कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्ने बिस्वास लिएको जनाएको छ ।
कम्पनीका सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ ।


