काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफनो स्वतन्त्र सञ्चालकमा मिलन खड्कालाई नियुक्त गरेको छ । कम्पनीको आइतबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले उनलाई नियुक्त गरेको जानकारी नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका संस्थाहरुलाई समेत जानकारी दिइ सकेको जनाएको छ ।
कम्पनीले कम्पनीको व्यवस्थनपन सुदृढ गर्न कमिटिहरु पूर्नसंरचना समेत गरेको जनाएको छ । कम्पनीको व्यवस्थापन पक्षलाई थप मजबुत तथा सुदुढ गर्न आइतबारको बैठकबाट अडिटि कमिटि, मानव संशाधन किमिट र जोखिम व्यवस्थापन कमिटि पूर्नसंरचना गरेको जनाएको छ।


