लगातार घट्दै सुनको भाउ

काठमाडौं । सुनको भाउ लगातार घट्दो क्रममा छ । आज सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारदेखि सुनको मूल्य लगातार घटिरहेको थियो । आइतबार छापावाल सुन प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार