CLI
Global College

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ८ करोड ६७ लाख

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनी सार्वजनिक गरेको साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय ववरणमा उक्त नाफा देखिएको हो ।

यस अवधिसम्ममा २ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गर्दा कम्पनीले २८ करोड ९४ लाख रुपैयाँ कुल नाफा कमाएको छ। कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपैयाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपैयाँ छ। असोज मसान्तसम्ममा कम्पनीको वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपैयाँ रहेको छ।

यस अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९.९५ रुपैयाँ छ।

Leave Your Comment

Related News