काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रति तोला एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार सोमबार छापावाला सुन प्रति तोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाला सुन प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँ तोकिएको छ ।