काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रति तोला ११०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार मंगलबार छापावाला सुन प्रति तोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रति तोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँ तोकिएको छ ।