हिमालयन लघुवित्तको मङ्सिर २७ मा तेह्रौं वार्षिक साधारण सभा

Garima_Business-Loan3

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ । कम्पनीको मङ्सिर ५ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । साथै चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यसैगरी अन्य लघुवित्तसँग मर्जर र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मङ्सिर मंसिर १६ गते बुक क्लोज गर्नेछ । यस आधारमा मङ्सिर १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिने अवसर प्राप्त गर्नेछन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार