नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले ओटावास्थित उनको कार्यकक्षमा त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग शिष्टाचार भेट गरेका छन् ।

ओटावास्थित नेपाली राजदूतावासले बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको जनाएको छ । दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार