काठमाडौं ।नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेर अघिल्लो सरकारले अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणमा सहभागी नभएका तीनजनाको पुन: अन्तर्वार्तामा भएको छ । अध्यक्ष सिफारिस समितिले उनीहरूको पुन: अन्तर्वार्ता र प्रस्तुतीकरणका लिदैँछ ।
समितिले उनीहरूलाई आज (मंसिर ९ गते) बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको थियो । उनीहरुको अन्तर्वार्ता जारी छ गएको असोज १८ गते पनि उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता तथा प्रस्तुतीकरण स्थगन गरिएको थियो ।
पहिलोपटक र दोस्रोपल्ट नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा सहभागी भएका थिएनन् ।
उनीहरूले दुईपटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेपछि बोर्डको अध्यक्ष छनौटमा समस्या आएको थियो । उनीहरुलाई सिफासिस समितिले पुनः सूचना निकालेर अन्तर्वार्तामा लिएको हो ।
तिन जनाको अन्तर्वार्ता पश्चात अध्यक्ष सिफारिस समितिले अन्तिम पाँचमा परेका उमेद्वार मध्ये ति जनाको नाम धितोपत्र बोर्डको अध्यक्षकोलागि सिफारिस गर्ने छ सिफारिसमा परेका ति मध्येबाट १ जनालाई मन्त्रीपरिषद्ले धितोपत्र बोर्डको अध्यक्षका लागि निर्णय गर्नेछ । सम्भवत यो सात बितग १ बर्ष देखी खाली रहेको धितोपत्र बोर्डले अध्यक्ष पाउने छ । धितोपत्र बोर्डको अध्यक्ष लामो समय खाली भएकाले बोर्डले सम्पादन गर्ने काममा असर परेको छ ।