काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका दुई जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति सम्पन्न भएको छ । आज तीन जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति लिन कार्यक्रम भए पनि दुई जना मात्र उपस्थित भएका थिए ।
अर्थमन्त्रालयका अनुसार नेप्सेका सीईओ कृष्णबहादुर कार्की र नेपाल धितोपत्र बोर्डका निर्देशक नवराज अधिकारीको अन्तर्वाता र कार्ययोजना प्रस्तुति सम्पन्न भएको छ । तर अर्का आवेदन नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई भने अन्तर्वाता र कार्ययोजना प्रस्तुतिमा उपस्थित भएनन् ।
अघिल्लो सरकारले अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणमा सहभागी नभएका तीन जनलाई आज पुन: अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइएको थियो । अध्यक्ष सिफारिस समितिले उनीहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण लिएको हो ।
पहिलोपटक र दोस्रोपल्ट कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा सहभागी भएका थिएनन् ।
उनीहरूले दुईपटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेपछि बोर्डको अध्यक्ष छनौटमा समस्या आएको थियो । उनीहरुलाई सिफासिस समितिले पुन: सूचना निकालेर अन्तर्वार्तामा लिएको हो ।
सेबोन अध्यक्षका लागि १९ जनाले आवेदन दिएकामा सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले अघिल्लै सरकारको पालामा असार २ गते अन्तर्वार्ता र प्रस्तुतीकरण दिएका थिए ।
सर्टलिस्टमा परेका चार जनाले अन्तर्वार्ता र प्रस्तुतीकरण दिएसँग अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । उक्त नामलाई अर्थमन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । सम्भवत आजको मन्त्रिपरिषद्ले सेबोनको नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।