RE
Global College

काठमाडौं महानगरले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिवानाको सूचना

काठमाडौं । काठमाडौं महानगरले  नेकपा एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलबाट पठाएको छ ।

आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिबानाको सूचना बुझ्न अस्वीकार गरेको थियो।

नेकपा एमालेले दरबारमार्गमा मंसिर ७ गते आयोजना गरेको जागरण सभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले १ लाखा जरिबाना गरेको थियो।

त्यसको सूचना बुझाउन महानगरका प्रहरी आइतबार एमाले केन्द्रीय कार्यायल च्यासल पुगेका थिए। तर, आफूहरु आयोजक नभएको भन्दै एमालेको कार्यालयले त्यसलाई बुझ्न अस्वीकार गरेको थियो।

नेकपा एमाले नेताहरूले भने मेयर शाहले एमालेमाथि पूर्वाग्रह राखेर जरिबाना गरेको आरोप लगाइरहेका छन्।

NECO

Leave Your Comment

Related News