भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्रीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्तीबाट थाहा हुन्छ: रास्वपा सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीको निष्पक्षता र इमानदारिता हेर्न पाइने बताएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै सांसद झाले भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्री ओलीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्ती प्रक्रियाबाट थाहा हुने बताएका हुन् ।

झाले फेसबुकमा लेखेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू भन्नुहुन्छ भ्रष्टाचार गर्दिन र गर्न पनि दिदिन। अब आज हेरौं मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्छ भने कति निष्पक्ष गर्छ र कति इमान्दार भएर गर्छ।’

सम्भवत आज साँझ ५ बजे बस्ने मन्पिरिषदले सेबोन अध्यक्ष नियुक्त गर्ने छ । सेबोन अध्यक्षका लागि समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार