काठमाडौं ।मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकेको छ । यो सँगै सोमबारको तुनलामा सुन प्रतितोतला २ हजार ६०० रुपैयाँले घटेको हो ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले २० प्रतिशतबाट १० प्रतिशत भन्सार दर कायम सोमबार १५ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि घटेको हो ।
त्यस्तै सोमबार चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँ तोकिएको छ ।
सोमबार भने चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।