छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडमा सहायक चतुर्थ तहको लागि कर्मचारी माग

काठमाडौं ।  छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक ईकाइ प्रवन्धक सहायक चतुर्थ तहको लागि २३ जना कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको हो । सहायक चतुर्थ पदमा रोजगारमा जान इच्छुक तोकिएको योग्यता पुगेका नेपाली नागरिकले २०८१मंसिर २८  गते भित्र वित्तीय संस्थाको दरखास्त फारामका साथ दरखास्तवालाको वायोडाटा, पासपोर्ट साइजको ३ प्रति फोटो, शैक्षिक योग्यता, नागरिकता, तालिम तथा अनुभवहरुको प्रमाणपत्रको प्रतिलिपीका साथ सम्पर्क फोन नं. उल्लेख गरि कम्पनीको शाखा कार्यालयहरु: (१) इटहरी शाखा (सुनसरी) सम्पर्क नं.: ०२५-५८४७३९ (२) पोखरा शाखा (कास्की) सम्पर्क नं.: ०६१-५७१४६८ (३) बुटवल शाखा (रुपन्देही) सम्पर्क नं. : ०७१-५३३४२६ (४) सुर्खेत शाखा (सुर्खेत) सम्पर्क नं : ०८३-५२५३६९ (५) गेटा शाखा (कैलाली) सम्पर्क नं. : ०९१-५५१२६६ मा आवेदन दिन सक्नेछन् ।   छनौट सूची (सर्ट लिस्टीङ्ग) मा परेका आवेदकहरुलाई मात्र लिखित तथा अन्तर्वार्ता परीक्षामा समावेश हुन पाउनेछन्  । सो पदको रोजगारीको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुर्नेछ  ।

इच्छुक उमेद्वारको उमेर  दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारको हकमा अधिकतम उमेरमा ५ वर्ष थप हुनेछ । छनौट प्रकृया लिखित र अन्तर्वार्ता हुनेछ ।

दरखास्त फाराम दरखास्त फाराम संस्थाको तोकीएको शाखा कार्यालयहरुबाट वा संस्थाको वेभसाइट www.chhimekbank.org बाट download गरी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उमेद्वारले छिमेक लघुवित्त वित्तीय संस्था लि.  खाता नं. : ०७८००७६५७६७०००३१ प्रभु बैंक लि., नयाँ बानेश्वर शाखा (वा दरखास्त फाराम बुझिलिन तोकिएका शाखा कार्यालयहरुमा परीक्षा दस्तुर नगद नै बुझाउन पनि सकिने कम्पनीले उल्लेख गरेको छ   सेवा सुविधा वित्तीय संस्थाको नियमानुसार हुने कम्पनीले उल्लेख गरेको छ  । परिक्षामा उतिर्ण  उतिर्ण भएका उम्मेदवारहरुलाई कम्तीमा ६ महिनाको विषयगत तथा वस्तुगत तालिममा समावेश गराईने कम्पनीले जनाएको छ  । ६ महिनाको तालिम पश्चात पुनः परीक्षा लिई उतिर्ण भएका उम्मेदवारहरुलाई संस्थाको नियमानुसार ६ महिना अवधिको लागि परीक्षणकालको नियुक्ति दिईनेछ । काम सन्तोषजनक भएमा त्यस पश्चात स्थायी नियुक्ति दिईने कम्पनीले जनाएको छ  । विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरुले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता लिएर आवेदन दिनु पर्नेछ  । छनौट सूची (सर्ट लिष्टीङ्ग) मा परेका आवेदकहरुको जानकारी यस वित्तीय संस्थाको बेभसाइट www.chhimekbank.मा उपलब्ध हुनेछ। कर्मचारी भर्ना प्रकृया अवधिमा यहि तहमा थप दरबन्दी रिक्त हुन आएमा सो दरबन्दी संख्यालाई समेत आवश्यक संख्यामा थप गर्ने कम्पनीले जनाएको छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार