RE
Global College

पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा

पोखरा  । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कागजपत्र नियन्त्रणमा लिएको छ । फर्जी नक्कली बिलभरपाई गरेर अनियमितता गरेको पत्र अख्तियारमा परेपछि ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले कागजात नियन्त्रणमा लिएको हो । कार्तिक १९ देखि २४ गतेसम्म महानगरका १६ जना कर्मचारी भारत भ्रमणमा गएका थिए।

४ लाख रुपैयाँ पेश्की लिएर भारत गएका कर्मचारीको खर्च स्वीकृत भई फरफार भइसकेको महानगरले जनाएको छ।महागनरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले अख्तियारबाट आएको टोलीले कर्मचारी भ्रमणको फाइल माग गरेको जानकारी दिए।

NECO

Leave Your Comment

Related News