२ अर्बको नागरिक बचतपत्र निष्काशन

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८६ निष्काशन गर्ने भएको छ ।

बिहीबार देखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी पुस १४ गतेसम्म आवेदन दिन सकिने र पुस १६ गते निष्काशन हुनेछ । बचतपत्र खरिदकर्ताले पुस १६ गते नै साँवा भुक्तानी गर्नुपर्नेछ ।

५ वर्ष (०८६ पुस १६ गतेसम्म) अवधिको रहेको बचतपत्र नेपाली नागरिक वा गैह्र आवसाीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।सरकारले आन्तरिक ऋण उठाउनको लागि  बचतपत्र निष्काशन गर्ने काम गर्दछ ।

वार्षिक ७.५ प्रतिशत ब्याजदर रहने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी बचतपत्र ल्याइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ ।

खरिद गर्न इच्छुक खरिदकर्तालाई अनलाइन आवेदन पेश गर्नुपर्नेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ । जुनसुकै समयमा दोस्रो बजारमार्फत् खरिदबिक्री गर्न मिल्ने जनाइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार