काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७ औँ वार्षिक साधारणसभा पुस ६ गते विराटनगरको बिग होटलमा बिहान १० बजे आव्हान गरेको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८०\०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले उक्त आर्थिक वर्षमा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चको अनुमोदन गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको नाफा–नोक्सान, नगद प्रवाह विवरणलगायतको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति पारित गर्नेछ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मंसिर २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।