काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको डेप्युटी सीईओमा नीरज मान सैंजु नियुक्त भएका छन् । डेपुटी सीईओमा नियुक्त भएका सैंजुले आज (आइतबार) बाट कार्यभार सम्हालेका हुन् । सैंजुज्यू सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ । उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् ।
उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्त्वपूर्ण योग्दान पुग्ने कम्पनी विश्वस्त रहेको छ ।