काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १९.९७ अंकले बढेको छ । आज नेप्से परिसुचक २७५८.०४ विन्दुमा रोकिएको छ । नेप्सेमा ३१४ कम्पनीको शेयर १ लाख ३ हजार ४८१ पटक कारोबार भएको छ । १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर खरिद बिक्री भएको छ ।
आज बैंकिङ, विकास बैंक, फाइनान्स र अन्य उपसमूह घटेका छन् । बाँकी उपसमूह बढेका छन् । ट्रेडिङ उपसमूह ४४७.७४ अंकले बढेर ५०६०.५८ मा पुगेको छ ।
तारागाउ्रँ रिजेन्सी होटल्स, विशाल बजार कम्पनी, खानी खोला हाईड्रोपावर कम्पनी, जोशी हाइड्रोपवार डेभलपमेन्ट कम्पनी र अप्पर स्याङे हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल फाइनान्सको शेयर मूल्य ८.७२ प्रतिशतले घटेको छ ।