काठमाडौं । सुनको मूल्य घटेको छ । साताको अन्तिम कारोबार दिन सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।