एशियन कंक्रिटोले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं । एशियन कंक्रिटोले लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो । हाल कम्पनीको जारी पूँजी ४६ करोड ८७ लाख ५० हजार रुपैयाँ छ । जसको २० प्रतिशत आर्थत ९ लाख ३७ हजार ५०० कित्ता आइपीओ जारी गरिनेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा आइपीओ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आइपीओ निष्कासनका लागि एशियन कंक्रिटोका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार