नेपाल स्टक ब्राेकर एशाेसयसन अफ नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित

काठमाडौं । नेपाल स्टक ब्राेकर एशाेसियसन अफ नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । उनले ४५ मत प्राप्त गरेका छन।  जम्मा ८८ मत खसेकाेमा उनका निकट तम प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् ।

दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि बन्न लागेको नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि ढकाल धितोपत्र ब्रोकर्स र तिमिल्सिना स्टक ब्रोकर्सका अध्यक्ष थिए।

ढकाल हिमालय ब्रोकरेज (स्टक ब्रोकर ६३) का अध्यक्ष हुन्।

यसैगरी उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय रेग्मी चयन भएका छन्।

यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार