सानिमा हाइड्रोपावरको ११औं वार्षिक साधारण सभा पुस २५ मा

Garima_Business-Loan3

काठमाडौं । सानिमा हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.ना.पा. ४ धुम्बाराही काठमाडौंमा परान्ह ४ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै समान उद्येश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग गाभिने वा एकीकरण गर्ने र यस कार्यका लागि नियमानुसारका आवश्यक सम्पूर्ण प्रक्रिायहरु अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार