काठमाडौं । निरन्तर ओरोलो लागेको शेयर बजार मंगलबार पनि घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७५ अंकले घटेर ४५४.९१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.६३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४२ अंकले घटेको छ ।
मंगलबार ३०३ वटा कम्पनीको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रह्यो । जुन सोमबारको तुलनामा १ अर्ब २१ करोड ६६ लाख २५ हजारले कारोबार रकममा कमी हो । सोमबार ३१७ वटा कम्पनीको १ करोड १५ लाख २३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रहेको थियो ।
मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब २८ अर्ब ४४ करोड २२ लाख रह्यो , जुन सोमबारको तुलनामा करिब १० अर्बले कम हो । सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब ३८ अर्ब ९३ करोड ४१ लाख रहेको थियो ।
मंगलबार ८५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार ४ वटा समूह बढ्दा बाँकी ९ वटा समूह सुचकहरु घटेका छन् । होटल र पर्यटन १९, उत्पादन र प्रशोधन २३, लघुवित्त ७ र व्यापार १५ अंकले बढेको छ । त्यस्तै बैकिङ २, विकास बैंक ३०, वित्त २४, जलविद्युत १२, लगानी ०.८३, जीवन बीमा १३२, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा २६ र अन्य समुह ०.१६ अंकले घटेको छ ।
मंगलबार सर्वाधिक कमाउनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सानिमा हाइड्रोपावर, जानकी फाइनन्स, हिमालयन डिष्ट्रलरी र नेपाल एसबीआई बैंक रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १८ करोड ९६ लाख, सानिमा हाइड्रोपावरको १८ करोड ७६ लाख, जानकी फाइनन्सको १७ करोड १७ लाख, हिमालयन डिष्ट्रलरीको ११करोड २७ लाख र नेपाल एसबीआई बैंकको १० करोड ७८ लाख बराबर करोबार भयो ।
गत बुधबार देखि घटेको शेयर बजार मंगलबार सम्म आइपुग्दा निरन्तर घटेको हो ।