ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिताले जितिन् आईफोन १६  

Garima_Business-Loan3

काठमाडौं । काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिता भट्टराईले आईफोन १६ जितेकी छिन्। ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजनामा एक जनाले आईफोन १६ जित्ने अफर ल्याएको थियो।

अभियानको अवधिमा ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गरेकी भट्टराईले आईफोन १६ जित्न सफल भएकी हुन् । ज्वेलरीले अभियान सकिएपछि भट्टराईलाई आईफोन १६ प्रदान गरिसकेको छ। २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत बिजेता छनोट गरिएको ज्वेलरीका संस्थापक स्किनर रसाइलीले जानकारी दिए।

दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना अन्तर्गत ज्वेलरीले टूर प्याकेजको अफर पनि राखेको थियो । जसमा  २ महिनामा २ दम्पत्तिले सो अफर पाएको ज्वेलरीले जनाएको छ। अफर अन्तर्गत नै २ दम्पतिले  पाँचतारे होटलमा ‘वान नाइट स्टे’ पनि जितेका छन् । यस बाहेक गहना खरिद गर्नेहरु मध्येबाट लक्कीड्र गरि विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको ज्वेलरीले जनाएको छ ।

काठमाडौँको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । ह्वाइट फेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ ।

ह्वाइट फेदर्सले डिसेम्बर १२ तारिखको अवसर पारेर १२:१२ नामको विविध अफर पनि संचालन गर्ने तयारी गरेको छ। साथै क्रिसमसमा विभिन्न नयाँ योजनाको सुरुवात गर्ने जनाएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार