CLI

कामना सेवा विकास बैंकको बोनस शेयर खातामा जम्मा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको छ। बैंकले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारणसभाबाट पारित बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरी सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिसकेको जानकारी गराएको छ।

बैंकका अनुसार असोज १४ गतेसम्म कायम रहेका शेयरधनीले यो बोनस शेयर पाउने छन्। तर, असोज १४ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका सदस्यहरूको हकमा भने बोनस शेयरसमेत कर्जा प्रवाह गरेको बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई जम्मा गरिएको छ। यस्ता शेयरहरू कर्जा फिर्ता भई राफसाफ भइसकेपछि मात्रै फुकुवा हुनेछ भन्ने जानकारीसमेत दिइएको छ।

कामना सेवा विकास बैंकका शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ। बैंकले डिम्याट खातामै बोनस शेयर जम्मा हुने भएकाले हालसम्म पनि डिम्याट खाता नखोलेका शेयरधनीलाई शीघ्र खाता खोल्न अनुरोध गरेको छ। यसरी खाता खोलेपछि मात्र उनीहरूले आफ्नो बोनस शेयर प्राप्त गर्न सक्नेछन्।

Leave Your Comment

Related News