काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस १६ गते बोलाएको छ ।
सभा मनसरोबर पार्टी प्यालेस पुरानो बानेश्वर काठमाडौंमा दिउँसो १ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनी पुस २ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १ गते सम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् ।