काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको २० लाख बढी बोनस शेयर नेपाल स्टक एक्सचेन्ज , नेप्सेमा सूचीकृत भएको छ । बुधबार २० लाख ६६ हजार २५० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश र बोनस शेयर दिने निर्णय गरेको थियो ।
नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।


