काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ प्रस्तावसहित पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा, यस कम्पनीको कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु छन् ।


