काठमाडौं । ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४’ मा आईटी कम्पनी जेनस सलुशन र जुमले सहकार्य गर्ने भएका छन् । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डमा जेनस सोलुसनले ‘इन एशोशिएसन विथ’ पार्टनरको रूपमा सहकार्य गरेको हो ।
नवौं संस्करणको आइसिटी अवार्ड आगामी पुस ५ गते (२० डिसेम्बर) शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने सो कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ ।
बेलायतमा मुख्य कार्यालयको रहेको नेपाली बहुराष्ट्रिय आईटी कम्पनी जेनस सलुशनले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिनल्याण्ड, अष्ट्रेलिया, नाइजेरिया, स्पेन, आयरल्याण्ड र अमेरिकामा सेवा प्रदान गरिरहेको छ ।
जेनेस सलुशन नेपालमा जुमको आधिकारिक साझेदार रहेको छ । हालै जेनेस सलुशनसंगको सहकार्यमा काठमाडौँमा जुम रोड शो आयोजना गरिएको थियो । उक्त शोमा आधुनिक कार्यस्थलका नयाँ प्रवृत्ति तथा नव परिवर्तन बारे छलफल गरिएको थियो ।
जेनेसले नेपालको डिजिटल परिदृश्यलाई आधुनिकीकरण गर्न तथा प्राविधिक सेवाहरु उपलब्ध गराउन नेपाल सरकार तथा अगुवा प्रविधि कम्पनी हरु संग सहकार्य गर्दै आएको छ।