सन नेपाल लाइफले ल्यायो, ब्याज छुट अभियान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले यहि पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनले जनाए अनुसार आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउन, आफ्ना ग्राहक र ग्राहकका  परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न, ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी सुरक्षालाई निरन्तरता दिन, ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्न यो खालको योजना ल्याएको बताएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको बताएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार