काठमाडौं । सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रति तोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।