शिवम् सिमेन्ट्सको नवौं वार्षिक साधारण सभा पुस २९ मा, नगद लाभांश र बोनस शेयरको प्रस्ताव लैजादै

Garima_Business-Loan3

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीले आफनो नवौं वार्षिक साधारण सभा पुस २९ गते बिहान ९ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौं गर्ने भएको छ ।

कम्पनीको मंसिर २७ गते बसेको सञ्चालनक समितिको एक सय तेतिसौं बैठकले उक्त निर्णय गरेको हो । साधारण सभामा गत आर्थिक वर्ष सम्मको मुनाफा रकमबाट चुक्ता पूँजीको शून्य दशमलव ४५ प्रतिशतको दरले हुन आउने २ करोड २६ लाख २१ हजार ५०० बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

त्यस्तै गत आर्थिक वर्षसम्मको मुनाफा रकमबाट चुक्ता पूँजीको ८ दशमलव ५५ प्रतिशतका दरले हुन आउने रकम ४२ करोड ९८ लाख ८ हजार ५०० बराबरको १ सय रुपैयाँका दरका बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने बताइएको छ । कम्पनीको चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ ।

साथै साधारण सभामा वित्तीय विवरण प्रस्तुत तथा छलफल र आवश्यक सञ्चालक नियुक्ति लगायतका विषय पेश गर्ने तयारी रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार