CLI

गरिमा म्युअूचल फण्डले गरिमा समृद्धि योजना निष्काशन गर्दै

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आइतबार देखि गरिमा म्युअूचल फण्ड अन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजना निष्काशन गर्दैछ ।

आइतबार देखि बिक्री खुल्ला गरिने गरिमा समृद्धि योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई बिक्रीका लागि ल्याएको छ ।

क्यापिटलका अनुसार प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरको १० करोड मात्र इकाईले हुन आउने कुल रकम एक अर्ब रुपैयाँ मात्र मध्ये न्यूनतम एक करोड ४० लाख रुपैयाँ मात्र इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धन कम्पनी गरिमा विकास बैंक लिमिटेड तथा न्यूनतम १० लाख मात्र इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम एक प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखेको छ । सो मध्ये बाँकी रहने न्यूनतम ८ करोड ५० लाख मात्र इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरेको हो ।
सामूहिक लगानी कोष नियमावली, २०६७ (संशोधन सहित) को नियम २४ को व्यवस्था बमोजिम जारी गरिएको गरिमा समृद्धि योजनामा न्यूनतम इकाई संख्या एक सय र अधिकतम इकाई संख्या एक करोड सम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

बिक्री प्रबन्धकमा भने एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

Leave Your Comment

Related News