RE
Global College

म्याग्दी हाइड्रोपावरले साढे ४७ करोडको सेयर निष्काशन गर्ने, कोषसँग सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका छन्।

म्याग्दी हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ताबापतको ४७ करोड ४५ लाख रुपैयाँबराबरको सेयर निष्काशन गर्ने भएको हो।

यसकै लागि उसले कोषसँग प्रत्याभूति सम्झौता गरेको हो। सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ।

NECO

Leave Your Comment

Related News