इन्फिनिटी लघुवित्तले पुस २९मा साधारण सभा गर्ने, लाभांश वितरण नगर्ने प्रस्ताव

Garima_Business-Loan3

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ ।

सभा सहमति संस्था विजय चोक गैडाकोट नवलपरासीमा हुने कम्पनीले जनाएको छ । सभा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै यस कम्पनीले एक वा एक भन्दा बढी उपयुक्र लघुवित्त वित्तीय संस्थालाई मर्जर र प्राप्ती गर्न उपयुक्त देखिएमा वित्तीय संस्थाहरुको पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।

कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण गरेको छैन । साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।  बुक क्लोजको आधारमा पुस १८ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार