काठमाडौं । चार दिन पछि सेयर बजारका केहि सूचकहरुमा सुधार देखिएको छ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४८ अंकले बढेर ४४६.५६ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.९४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.१९ अंकले बढेको छ ।
सोमबार ३२८ वटा कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ४३ करोड २४ हजार पुगेको छ । जुन आइतबारको तुलनामा ८ करोड ८३ लाख ६१ हजारले कम हो । आइतबार ३१९ वटा कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रहेको थियो ।
सोमबार १९४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ४२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।सोमबार बजार पूँजीकरण रकम ४३ खर्ब ३२ अर्ब ८६ करोड पुग्यो ।
सोमबार १२ वटा समूह परिसूचक बढ्दा बाँकी १ वटा समूह परिसूचक घटेको छ । बैंकिङ १२, विकास बैंक ६२, वित्त ५१, होटल र पर्यटन २८, जलविद्युत ९१ लगानी ०.५०, जीवन बीमा ९१, उत्पादन र प्रशोधन १६८, लघुवित्त ३९, निर्जीवन बीमा १४, व्यापार २१ र अन्य समूह १२ अंकले बढ्दा म्युअुचल फण्ड ०.८९ अंकले घटेको हो ।
सोमबार सर्वाधिक कारोबर हुने कम्पनीहरुमा जानकी फाइनान्स, जोशी हाइड्रोपावर, मैलुङ हाइड्रोपावर कम्पनी, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था र रिभर फल्स रह्यो । जानकी फाइनान्सको १८ करोड ८४ लाख, जोशी हाइड्रोपावरको ११ करोड ७६ लाख, मैलुङ हाइड्रोपावर कम्पनीको ११ करोड ३८ लाख , सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९ करोड ९२ लाख र रिभर फल्सको ९ करोड ५१ लाख बराबर कारोबार भयो ।
५ कम्पनीको शेयर मूल्यमा सकारत्मक सर्किट
सोमबार सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, सुपर मार्दी हाइड्रोपावर,बाराही हाइड्रोपावर ,बलेफी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्पसको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।