यी चार कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज सर्वोत्तम सिमेन्ट, एचआईडिसीएल, सिद्धार्थ बैंक र ग्रिन भेन्चर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ पुस १२ र १४ लाई बुक क्लोज  तोकेकाले यी कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन  रहेको हो ।

यो कम्पनीका आज सम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

आज लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीलमा  सर्वोत्तम सिमेन्टले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश तय गरेको छ ।  एचआईडिसीएलले ५.२५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्स्ताव गरेको छ । सिद्धार्थ बैंकको  ४ प्रतिशत नगद लाभांश तय भएको छ ।

ग्रिन भेन्चर लिमिटेडले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार