५ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १७ अर्ब, ९ प्रतिशतको वृद्धि

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उत्साहजनक वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरूले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीले १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.२७ ले बढी हो।

प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनीले २ अर्ब १९ करोड बीमाशुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड र शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी, आईजीआई प्रुडेन्सियलले १ अर्ब ४५ करोड, नेकोले १ अर्ब ४० करोड, हिमालयन एभरेष्टले १ अर्ब ४० करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब १२ करोड, यूनाईटेड अजोड इन्स्योरेन्सको १ अर्ब २ करोड र सानिमा जीआईसीले ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी, नेपाल इन्स्योरेन्सले ९४ करोड, प्रभु इन्स्योरेन्सले ७६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ६७ करोड र नेशनल इन्स्योरेन्सले ५४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार