RE
Global College

बैंकिङ प्रणालीमा ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै पुस १४ गते ७० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

२१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ७० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले माघ ६ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि:शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

35.DC_-NOtice2081.09.14

NECO

Leave Your Comment

Related News