CLI

ग्लोबल हाइड्रोपावर एसोसिएटले ६५ लाख बढी कित्ता संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेडले ६५ लाख २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । गत असार २१ गते सम्पन्न विशेष साधारण सभाले कम्पनीको चुक्तापूँजी २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुर्योउने निर्णय भएबमोजिम संस्थापकमा यी शेयर विक्री गर्न लागिएको हो ।

कम्पनीको जगेडामा रहन आउने शेयरमध्ये उल्लेखित शेयर साबिकमा कायम रहेको शेयरको अनुपातमा विक्री गर्ने निर्णय कम्पनीले गरेको हो । थप शेयर लिन इच्छुक शेयरधनीहरुले आफूले लिन माग गरेको शेयर वापत् हुन आउने रकम शतप्रतिशतका दरले हुन आउने रकम आगामी ३० दिनभित्र खातामा जम्मा गरी सोको भौचरको प्रतिलिपि सहित कम्पनीमा निवेदन दिनुपर्नेछ ।

यी शेयर संस्थापकमा विक्री नभएमा बाँकी सम्पूर्ण शेयर जफत गरी कम्पनीमा ल्याई सञ्चालक समितिले उपयुक्त देखेका लगानीकर्तालाई शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Leave Your Comment

Related News