CLI

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा विद्यार्थी ओरिन्टेसन कार्यक्रम सम्पन्न

काठमाडौं । लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव तथा बीए एलएलबी र वन विज्ञान (बीएसी फरेस्टी) प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको ओरिन्टेसन कार्यक्रम उच्च अदालत तुलसीपुर, बुटवल इजलासका मुख्य भई काम गर्ने न्यायाधीस राजेश्वर तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

तिवारीले न्यायालय जनताको अधिकार रक्षा गर्ने संस्था भएको बताए । राज्यले जनताको अधिकार खुम्च्याउन खोज्दा पनि न्यायालयले रक्षा गरेको सन्दर्भहरुको चर्चा गर्दै मूलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यकता रहेकोे हुनाले कानून अध्ययन गर्ने विद्यार्थीहरुको भविष्य उज्ज्वल रहेको जिकिर गरे । आजका विद्यार्थी भविष्यमा कर्णधार भएकोले विद्यार्थीहरुले सदैव सकारात्मक आलोचनात्मक चेतको विकास गरि राम्रो कामको प्रोत्साहन तथा सर्मथन र नराम्रो कामको बिरोध गर्न सक्ने क्षमताको विकास गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रमका विषेश अतिथि एवम् वन वातावरण तथा जलवायु परिवर्तन विज्ञ डा. पुपलर जेण्टलले वन नेपालको ठूलो स्रोत भएको हुनाले संरक्षण सहित उपभोग पनि गर्दै जानुपर्ने बताए । डा. जेण्टलले नेपालमा वार्षिक ९.१ मिलियन क्युबिक फिट काठ संरक्षण सहित नै उत्पादन हुने क्षमता भएको र अहिले बजारमा वार्षिक ४.५ मिलियन क्युबिक फिटमात्र माग रहेको तथ्यांक प्रस्तुत गरे । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख महेश निरौलाले समयानुकुल विश्वविद्यालयको पाठ्यक्रम परिवर्तन गरिरहेको बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता लीलाधर मरासिनी, धनजैशि शर्मा, नेपाल कानुन व्यवसायी परिषद्का सदस्य अधिवक्ता  बाबुराम पाण्डे, उच्च अदालत बुटवल बार एसोसियसनका अध्यक्ष अधिवक्ता गोविन्द मरासिनि, जैविक विविधता विज्ञ दामोदर शर्मा, तिलोत्तमा वार्ड नं. ३ का अध्यक्ष  कल्याण पौडेल लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

एकेडेमीका कानुन विभागका प्रमुख अधिवक्ता मदन पुन र वनविज्ञान संकायका प्रमुख सम्मान न्यौपानेले आ–आफ्नो संकायको बारेमा प्रकाश पारेका थिए । एकेडेमीले उत्कृष्ट विद्यार्थी तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिहरु गरेका थिए । कार्यक््रmम एकेडेमीका म्यानेजिङ डाइरेक्टर पुरन केसीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीको स्वागत र एकेडेमिक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनि इन्टिग्रेटेड एकेडेमी ५ वर्षे बीए एलएलबी तथा लुम्बिनि प्रदेशमा वन विज्ञान अध्यापन हुने एक मात्र कलेज हो ।

Leave Your Comment

Related News