CLI

बैङ्किङ प्रणालीमा  अधिक तरलता बढेपछि ८० अर्व तान्दै राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले ८० अर्व रुपैँया तान्ने भएको छ । बैङ्किङ प्रणालीमा  अधिक तरलता भएसँगै राष्ट्र बैङ्कले निक्षेप संकलन बोलकबोल बिधि मार्फत  तरलता तान्न लागेको हो । आज २ बजे सम्म अनलाईन बोलकबोल बिधिमार्फत राष्ट्र बैङ्कले तरलता तान्न लागेको हो । यसको ब्याजदर बोलकबोलको आधारमा तय हुने राष्ट्र बैङ्कले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्र बैङकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

बैङ्किङ प्रणालीबाट तानिएको रकमको साँवा ब्याज भुक्तानी मिति २०८१ माघ ९ गते हुने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

 

 

Leave Your Comment

Related News