काठमाडौं । एनएमबि बैंकको २९ औँ वार्षिक साधारण सभा सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयल को सभापतित्वमा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।