नेपाल बैङ्कका कर्मचारी र खातावालले बुद्द एयरमा छुट पाउने

काठमाडौं । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकले  बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र Cargo Service का विभिन्न शुल्कमा विशेष छुट प्राप्त गर्ने भएका छन् । पौष २५ मा बुद्ध एयर र  पहिलो बैंकको बिचमा छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो  ।

सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई टिकट Buddha Air office Counter) शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई Cargo Service मा ३० प्रतिशतले छुट हुने भएको छ  ।

सम्झौतामा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन्  ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै Cargo Service का विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्ने बैङ्कले जनाएको छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार