RE
Global College

निरन्तर ३ दिन बढ्यो सुनचाँदीकै मूल्यमा 

काठमाडौं । शुक्रबार पनि सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार प्रतितोला ८ सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलाको ८ सय नै बढेको हो।

मूल्य बढे सँगै शुक्रबार सुन तोलाको १ लाख ५४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको १ लाख ५३ हजार तीनसय रुपैयाँ थियो। गएको बुधबार पनि सुन तोलामा ५ सय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

NECO

Leave Your Comment

Related News