काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन र सञ्चालन सुधारका लागि नेपाल राष्ट्र बैंकले दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेकोमा सो को नतिजा सार्वजनिक गरेको छ बैङ्कले २०८१ मंसिर १२ मा आवेदन माग गरेको थियो । आवेदन पत्रमा माग गरे बमोजिम आधारमा रित पुर्वक दरखास्त पेश गरेर तोकिएका परिक्षामा सहभागी भएका दमेद्वारले प्राप्त गरेरको कुल अङ्कको आधारमा मुख्य उमेद्वार र बैकल्पिक उमेद्वारको नामावली सार्वजनिक गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
समस्याग्रस्त नेपाल शेयर मार्केटस एण्ड फाइनान्स लिमिटेडको व्यबस्थापन गर्न मूख्य उमेद्वारको रुपमा राजेन्द्र प्रसाद तिमिल्सिना उतिर्ण भएका छन् । बैकल्पिक उमेद्वारको रुपमा राम प्रताव यादव र प्रकाश घिमिरे उतिर्ण भएका हुन् । मुख्य उमेद्वार तिमिल्सिनाले सो कार्यभार समाल्न नआएमा बैकल्पिक नावावलीमा परेका उमेद्वारले सो अबसर पाउने छन् ।
उतिर्ण उमेद्वारले मंसोर २ गते भित्र नेपाल राष्ट्र बैङ्क वित्तिय संस्था सुपरिवेक्षण बिभाग छनौट समितिको सचिवालयमा सम्पर्क गर्न नेपाल राष्ट्र बैङ्कको भनेको छ ।
व्यवस्थापक पदमा नियुक्ति पाउन लागेका उतिर्ण उमेद्वारको कार्यकाल १ बर्षको हुनेछ । आवश्यकता अनुसार ६/६ महिनाका लागि अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।
नियुकत हुने पदाधिकारीले मासिक तलब १ लाख ३ हजार ६०० रुपैयाँ र अन्य सेवा सुविधा कार्यालयको नियमावली अनुसार प्रापत गर्नेछन् ।